प्रदेश

नयाँ वर्षमा भैरहवाबाट घुम्न गएका युवाको डुबेर मृत्यु



बुटवल, ०१ वैशाख । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ ।

शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिभम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघिनै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर ज्यान गएको थियो ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६