प्रदेश

लुम्बिनीको प्रदेश राजधानीका सामुदायिक विद्यालयको नतिजा ‘शुन्य’



लमही, ०१ चैत्र । शिक्षा तथा स्वास्थ्य क्षेत्र पालिकामा मार्फत संचालन हुदाँ केही पालिकामा शुधारउम्मुख रहेपनि केही पालिकामा भने झनै खस्कीदै गएको छ । पालिकाहरु आफनो पालिका भित्रका शैक्षिक संस्थाहरुमा शिक्षा सुधार कार्यक्रम सञ्न्चालन गरी करोडौं बजेट खर्चिदा उपलब्धी भने शुन्यजस्तै बनेको छ ।


यस वर्षको कक्षा ८ को पालिका स्तरिय परिक्षामा दाङका केही पालिकाको शैक्षिक उपलब्दी शुन्य जस्तै छ । गढवा गाँउपालिका अन्तरगतको सामुदायिक विद्यालयको वार्षिक परिक्षाको नतिजाले झस्काएको हो ।
गढवा गाँउपालिकाको पालिका स्तरियक बार्षिक कक्षा ८ को परिक्षाको नतिजाले सामुदायिक विद्यालयको गुणस्तर खस्कीएको देखिएको हो ।


सो पालिका अन्र्तगत रहेका १४ वटा विद्यालयको कक्षा ८ को बार्षिक परिक्षा २०७९ मा जम्मा ९ प्रतिशत उतीर्ण भएको गढवा गाउपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले वताए । पालिका स्तरियपरिक्षामा जम्मा ७ सय ४३ विद्याथी सहभागी भएका थिए । जसमध्य ६६ जना विद्याथी मात्र उतीर्ण भएपछि गाँउपालिका एकपटक झस्कीएको हो । गाँउपालिकाको नजिकै रहेको गढवा माध्यामिक विद्यालयवाट १ सय ३७ जना विद्याथी कक्षा ८ को पालिकास्तरिय वार्षिक परिक्षा सहभागी थिए जस मध्ये २ जना मात्रै उर्तीण भएको विद्यालयले जनाएको छ ।


त्यसैगरी देउखुरीकै सबैभन्दा पुरानो चर्चित मानिने मावि गोवडिहाको नतिजा शुन्य वनेको छ । सो विद्यालयवाट परिक्षामा १ सय २८ जना विद्यार्थी परिक्षा दिएपनि एक जना पनि उर्तीण हुन नसकेको गढवा पालिका शिक्षा शाखा अधिकृत विकले वताए । परिक्षामा सहभगीभएका विद्यालय आधा दर्जन विद्यालयको नजिता शुन्य छ । यसैगरी पालिका अन्र्तगत रहेका नीजिविद्यालयहरुको परिक्षा नतिजा पनि खासै उत्साहजनक देखिएको छैन । ७ वटा निजी विद्यालय परिक्षामा सहभागी भएका थिए । सहभागिको नतिजा वमोजिम ५४ प्रतिशत उर्तीण भएका छन् । साभार न्युज बुटवल टुडे

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६