देश

सवल अर्थतन्त्र निर्माणका निम्ति महत्वपूर्ण वर्ष : अध्यक्ष शर्मा



कपिलवस्तु, ०१ बैशाख । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली बुवा, आमा, दाजुभाई, दीदी वहिनीहरुमा सु- स्वास्थ्य, समृद्धि एवम् दीर्घायूको कामना ब्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा वि.स. २०७९ साल नेपाली अर्थतन्त्रका निम्ति कहाली लाग्दो वर्ष बन्न पुगेको जारी शुभकामना सन्देशमा भनिएको छ । शर्माद्धारा जारी सन्देशमा वि.स. २०८० साल आत्मनिर्भर, सवल नेपाली अर्थतन्त्र निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको जन अपेक्षा पुरा गर्ने तर्फ महत्वपूर्ण उपलब्धिको वर्ष बन्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ ।

जारी सन्देशमा नेपाली समाजलाई स्पष्ट दिशा निर्दिष्ट गर्दै समाज रुपान्तरणका महत्वपूर्ण अभिभारा पुरा गर्ने कार्यमा राजनैतिक दल र सरोकारवालालाई प्रेरणा प्रदान गर्दै मजवुज सहकार्यको वातावरण बन्ने कार्यमा नयाँ वर्ष २०८० साल सार्थक रहनेछ भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६