प्रदेश

रुपन्देहीको एक गाउँपालिका अध्यक्षको घरमा बम भेटियो



रूपन्देही, ०२ वैशाख ।

रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घरमा अज्ञात समूहले बम राखेको अवस्थामा फेला परेको छ । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो । घिमिरेको घर पछाडि कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६