प्रदेश

९ महिनामा १ करोड बढी राजश्व संकलन गर्न सफल कपिलवस्तु ट्राफिक



कपिलवस्तु, ०३ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्षको ९ महिनामा १ करोड ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्‍न शिर्षकमा चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा १ करोड ६७ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले यस अवधिमा १६ हजार तीनसय सवारी साधन कारबाहीमा परेको जानकारी दिए । यस वर्ष ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम तथा घरदैलो कार्यक्रममा क्रियाशिलता देखाएका कारण राजस्वमा वृद्धि भएको तिमिल्सिनाले बताए ।

नौ महिनाको अवधिमा सबैभन्दा धेरै बस चालक कारबाहीमा परेको उनले जानकारी दिए । ट्राफिक प्रमुख तिमिल्सिनाले जिल्लामा सबै सवारी चालकले ट्राफिक नियम कानुनको पालना गर्नुपर्ने बताए ।

नियम अनुसार नचल्दा सवारी दुर्घटना बढ्ने भएकाले जनताकै ज्यान रक्षाको लागि चेकजाँच प्रभावकारी बनाइएको उनको जिकिर छ ।

यस्तै, चालु आव २०७९/८० को नौं महिनामा कपिलवस्तु जिल्लामा भएको ७६ वटा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ ।

जिल्लाको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा ३५ पुरुष, पाँच महिला, चार बालबालिका गरी ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको कार्यालय प्रमुख तिमिल्सिनाको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लामा बढी सवारी दुर्घटना हुने स्थानहरुको बर्गीकरण समेत गरेको छ । प्रहरीले बुङचीचोक, कोईली बनगाई, चप्परगाउँ, बैरिया, पानीधारा, चम्पापुर जंगल, शिवपुर, रेन्जर मोड, बालापुर, खैरि र चोरखोलालाई प्रमुख दुर्घटना स्थलका रुपमा बर्गीकरण गरेको छ ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६