देश

जबरजस्ती धर्म परिवर्तन गराइरहेका २ क्रिस्चियन महिला कपिलवस्तुमा पक्राउ



कपिलवस्तु, ०३ वैशाख । जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा कपिलवस्तुमा २ क्रिस्चियन महिला पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका ८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रहरीका अनुसार रुपन्देही बुटवल उप महानगरपालिका ४ देविनगर की ४१ कि अकाली काहार र वर्ष १७ कि रेश्मी काहार धर्म परिवर्तन गराई राखेको अवस्थामा पक्राउ परेका हुन्।

वडाध्यक्ष शिव कुमार पाण्डेयले दोहनी चोकमा हिन्दु समुदायलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराए पछि आक्रोसित स्थानीयले ती महिलालाई नियन्त्रणमा लिएका थिए। ती महिलाले क्रिश्चियन धर्मको प्रचार प्रसार गरी धर्मप्रति आस्थावान गराई धर्म परिवर्तन गर्न प्रलोभन देखाउदै गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए। घटनाको अनुसन्धान भइरहेको र उनीहरुमाथी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले बताए।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६