प्रदेश

विद्युत् प्राधिकरण तौलिहवाले काट्यो १६ सय ग्राहकको लाइन



कपिलवस्तु, ०३ वैशाख । कपिलवस्तुमा लामो समय देखि विद्युत् महसुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्ने अभियान नै थालिएको छ।

विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरे पछि लाईन काट्ने अभियान नै चलाएको हो।

६० दिन भन्दा बढी समय देखि बिद्युत् महसुल नबुझाउनेको लाईन काटिएको हो। पटक पटक सूचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाइ नभए पछि आफूहरूले लाईन काट्ने अभियान चलाएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।

‘विभिन्न संचार माध्यम र पत्राचार गरेर बक्यौता महसुल तिर्न सूचना जारी गरेका छौ अटेर गर्नेको लाईन काटेका छौ’ उनले भने।

चालु आर्थिक वर्ष २०७९र०८० को साउन देखि चेत मसान्त सम्म १६ सय २२ जनाको लाईन काटिएको छ। उनीहरुबाट ४ करोड ८८ लाख १५ हजार ८२ रुपैयाँ उठाउन बाकी छ। त्यस मध्ये १२ सय ३८ जना गाहकबाट ३ करोड ३७ लाख १५ हजार ३६७ रुपैयाँ उठेको छ। यस्तै चैत महिनामा मात्र २ सय ६९ जनाको लाइन काटिएको छ। जसबाट ६६ लाख ५१ हजार ७८ रुपैयाँ उठ्न बाकी छ। यस्तै चैत महिनामा २ सय ८४ गहकबाट ६१ लाख ८ हजार ५४५ रुपैयाँ उठेको छ। लाईन काटेको धेरै दिन सम्म पनि बिद्युत नतिर्ने ग्राहकको ३ पुस्ते विवरण सहित कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताए।

विद्युत् चुहावट रोक्न समेत अभियान चलाइएको छ। हावाहुरीको मौसमले गर्दा विद्युत् अनियमितता हुने सम्भावना भएकाले त्यस तर्फ पनि ध्यान दिइएको झाले बताए।

उता प्राधिकरणको बक्यौता २४ करोड बढी नाघेको छ। जसमध्ये पालिकाहरुको सडक बत्तीकै रकम बढी छ। उता प्राधिकरणको कृष्णनगर वितरण केन्द्रले समेत बक्यौता असुलीकालागि कडाई गरेको जनाएको छ।

प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले लामो समय देखि महसुल नतिर्नेको लाईन काट्ने, चुहावट नियन्त्रण गर्न अभियान चलाइएको बताए। चैत महिनामा मात्र ६० ग्राहकको लाईन काटिएको छ। जसबाट ६० लाख बढी रकम उठेको छ। कृष्णगनर वितरण केन्द्रमा मात्र ३० करोड बढी बक्यौता उठ् बाकी छ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६