कपिलवस्तु, ४ वैशाख
नेकपा (एमाले) कपिलवस्तुले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समिक्षा गर्ने भएको छ । नेकपा (एमाले) कपिलवस्तुले अभियानको प्रभावकारिता, उपलब्धी जस्ता महत्वपूर्ण विषयमा समिक्षा गर्न जिल्ला कमिटीको वैठक बोलाइएको एमाले जिल्ला अध्यक्षा डम्मर शर्माले बताउनु भयो । वैशाख ५ गते मंगलवार सिद्धार्थ क्याम्पसको सभा हलमा राखिएको वैठकमा अभियानका खटिएका केन्द्रिय नेतादेखि पालिका स्तरका नेताहरुको उपस्थिती रहने नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया