देश

प्रधानमन्त्री प्रचण्डले गरे काठमाण्डौ–तराई ‘फास्ट ट्र्याक’ को अवलोकन



काठमाण्डौ, ०५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाण्डौ–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्नुभएको छ ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ‘फास्ट ट्र्याक’ अवलोकन एवम् निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो ।

अवलोकनमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाणडौलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजनाका रूपमा लिइएको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६