अर्थ-वाणिज्य

नेपालको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो



काठमाण्डौ, ०५ वैशाख । नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा नेपालले एक खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ । यसमध्ये एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण र ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

यस्तै सरकारले चालु आर्थिक वर्षको नौ महिनामा ऋणको साँवा र ब्याज गरेर एक खर्ब २३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म एक खर्ब दुई अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६