कपिलवस्तु ५ वैशाख ।नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज दधिराम न्यौपानेले नेकपा (एमाले) ले संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान पार्टी नेता, कार्यकर्ताको अग्नि परीक्षा रहेको बताउदै फलामे अनुशासनबाट मात्र दीर्घकालिन सुदृढ संगठन संभव रहेको तर्क गर्नु भयो । पोलिटब्यूरो सदस्य न्यौपानेले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काम मिसन ग्रासरुट अभियानले गरेको जिकिर गर्नु भयो ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाकार समेत रहनु भएका नेता न्यौपानेले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने कार्यमा निश्वार्थ लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियानको कपिलवस्तु जिल्लाको जिल्ला स्तरीय समिक्षा वैठकलाई सिद्धार्थ क्याम्पसको सभा हल बुङचीमा मंगलबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
सोही जिल्ला स्तरीय समिक्षा वैठकमा बोल्दै एमाले नेता एवम् लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुल्सी चौधरीले अभियान मार्फत पार्टी संगठन सुदृढ भएको तर्क गर्दै यसको निरन्तरताका निम्ति सही योजना आवश्यक रहेकोमा जोड दिनु भयो ।जिल्ला स्तरीय समिक्षा वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानको प्रतिवेदन वैठकमा प्रस्तुत गर्दै कपिलवस्तु जिल्ला भित्र ३ सय ८८ वटा टोल कमिटी निर्माण भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
समिक्षा वैठकमा अध्यक्ष डम्मर शर्माले अभियान मार्फत जनताका वास्तविक समस्या बुझन र सही निश्कर्ष निकाल्नका निम्तिअभियान निकै महत्वपूर्ण रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।समिक्षा वैठकमा नेकपा (एमाले) का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, सजिदा सिद्धिकीले मन्तब्य राख्नु भएको थियो ।
वैठकमा एमाले नेता विश्व कार्की, भेषराज पाण्डे, लक्ष्मण बेल्बासे जगत पौडेल, थर्क बहादुर थन्गाहा, निजाम हुसेन खाँ, श्याम प्रजापति, मुत्त बहादुर कार्की, धुर्व न्यौपानेले पालिकागत समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।समिक्षा वैठकमा एमाले पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवालीको आतिथ्यता रहेको थियो ।
वैठकमा एमाले नेताहरु झविलाल पोख्रेल, कृष्ण पौडेल, शान्तिदेवी चमार, बाबुराम खनाल, बाबुराम आचार्य, नेत्रराज अधिकारी, जंजिर प्रसाद चौधरी, प्रभा पौडेल, बसन्तराज खनाल, द्रोणराज सुवेदी, डम्मर शर्मा चापागाई, शारदा शर्मा, धर्मराज भटराई,मेराज खाँ.लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।
जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न समिक्षा वैठकमा एमालेका केन्द्रिय नेता, प्रदेश स्तरीय नेता, एवम् जिल्ला तथा पालिका अध्यक्षहरुको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया