काठमाडौं, ०५ वैशाख। एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात भएको छ । मंगलबार टियु मैदानमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६।२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ५ चौकाको मद्धतमा ७१ रनको योगदान गरे । अर्का ब्याटर कुशल मल्लले पनि विस्फोटक अर्धशतकिय पारी खेले । उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्धतमा ७० रन बनाए । ओपनर आसिफ शेख १ रनमै आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले ३१ बलमा ५ चौका र २ छक्काको मद्धतमा ३८ रन जोडे । कप्तान रोहित पौडेलले ५ चौकाको सहयोगमा ४२ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी ५ रन बनाउँदै अविजित रहे ।
मलेसियाका लागि विजय उन्नी, मोहम्मद वाफिक, रिजवान हैदर र विरनदीप सिंहको नाममा समान एक(एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।मलेसियाका लागि अहमद फैजले अर्धशतकिय पारी खेले । उनले ९५ बलमा ८ चौका र १ छक्काको मद्धतमा ७६ रनको योगदान गरे । ओपनरद्पय मोहम्मद अमिर र विरनदीप सिंहले क्रमशस् १७ र ४६ रनको जोडे ।
विजय उन्नीले १२ रन, सैयद अजिजले १३ रन, मोहम्मद स्याहदतले १५ रन, खिजर हयातले २२ रन, मुहम्मद वाफिकले १ रन, स्याजरुल इद्रुसले २१ रन बनाए । फित्री शाम शून्यमै आउट भए ।नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन(तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा गुलसन झाको नाममा एक विकेट रह्यो ।
प्रतिक्रिया