अन्तर्राष्ट्रिय

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो भारत



काठमाण्डौ, ०६ वैशाख । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो ।

यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ । यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।

चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको यूएनएफपीएलाई उद्धृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६