ब्रेकिंग न्युज

झारफुकबाट बालिका मृत्यु प्रकरण : यातना दिनेलाई थुनामा राख्न आदेश



सैनामैना ६ वैशाख । रुपन्देहीको सैनामैनामा झारफुकको नाममा चरम यातना दिएर बालिकाको मृत्यु भएपछि उक्त घटनामा संलग्न एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत फागुन २० गते सैनामैना १० फुलबारी टोलकी १४ वर्षीया सीता ज्ञवालीको झारफुकका नाममा दिएको चरम यातनापछि मृत्यु भएको थियो । झारफुकबाट बालिकाको मृत्यु भएपछि माता भनिने महिलासहित १८ जना पक्राउ परेका थिए । उक्त मुद्दामा भएको सुनुवाइपछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने सोनिया रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । अरु १७ जनालाई धरौटी र साधारण तारेखमा छोडिएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । बालिका सीताको २० गते राति मृत्यु भएको र राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि दाहसंस्कार गरेका थिए । सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६