काठमाडौं ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपालमै बनेको सवारी साधनलाई कानूनले मान्यता नदिएकोप्रति सरकारसँग असन्तुष्टि पोखेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कानूनमा नेपालमा चल्ने सवारी साधन विदेशबाटै आउनुपर्ने उल्लेख भएको बताए ।
उनले भने, ‘मेड इन नेपाल आत्मनिर्भरता र रोजगारी सिर्जना, जस्ता सरकारको नारा यो त सब भन्ने कुरा न हुन् जस्तो लाग्छ । कसैले आफ्नो देशमा बसेर सवारी साधन उत्पादन गर्छु भन्दा हाम्रो कानूनमा नेपालमा चल्ने सवारी साधन विदेशबाटै आउनुपर्ने रहेछ । नेपालको कानूनले स्वदेशमै बनेको साधनलाई मान्यता दिँदैन । सम्बन्धीत निकायसँग बुझ्दा स्वदेशमै बाइक र गाडि उत्पादन हुन्छ भन्ने कुरा त्यो बेलामा मनन् नै गरिएन। त्यसैले कानून त्यही अनुसार बन्यो ।’
नेपालमा बसेको सवारी साधनले कानूनी मान्यता नदिएपछि नेपालमा उत्पादित सवारी साधनले दर्ताको प्रमाणपत्र ९नम्बर प्लेट० पाउन नसकेको बताए । खरिदकर्तालाई ट्राफिकले नम्बर प्लेट न भएको आधारमा दुख दिने गरेको उनको भनाइ छ ।छुट्टै ऐन बनाउने निर्णय तत्काल गर्न सम्बन्धीत मन्त्रालयसँग माग गरे ।
प्रतिक्रिया