देश

पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम स्थगित



पाल्पा, ०७ वैशाख । तानसेन नगरपालिकाले हिजो बुधवारदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।

पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने काम रोकेको हो । दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने काम सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने काम तत्कालका लागि स्थगित गरिएको छ ।

तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले त्यो समयपछि अहिलेलाई संरचना भत्काउने काम स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा अदालतको पत्रपछि अहिलेलाई भत्काउने काम रोकिएको हो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६