प्रदेश

गुल्मीको रेसुङ्गा विमानस्थलबाट अझै हुन सकेन नियमित उडान



गुल्मी, ७ वैशाख। गुल्मीको रेसुङ्गा विमानस्थलबाट गत पुस महिनामा धुमधामसँग परीक्षण उडान गरिए पनि नियमित उडान भने अझै सुरु हुन सकेको छैन । परीक्षण उडानको १५ दिनमै नियमित उडान गर्ने भनिए पनि झण्डै ४ महिना बितिसक्दा समेत नियमित उडानको टुङ्गो छैन । यो विमानस्थलमा सुरुमा तारा एयरले उडान गर्न खोजेको थियो । तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले समेत आफ्नो योजना पछाडि धकेलेको हो । त्यसपछि नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तर, यहाँ तत्काल उडानको अनुमति नपाएपछि उडान प्रभावित बनेको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडानको मिति पटक(पटक टर्ने गरेको छ । विमानस्थलको सम्पूर्ण निर्माण कार्य गरेर परीक्षण उडान पनि गरियो । तर अहिले नियमित उडान हुन सकेको छैन । २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

पुनः २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल परीक्षण उडान गरेपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगायो । परीक्षण उडानको दुई साता पछि नियमित उडान हुन्छ भने पनि महिनौं बित्दा पनि नियमित उडान हुने सुरसार नभएको स्थानीय बताउँछन् ।

रेसुङ्गा नगरपालिकाको पहलमा प्रर्दशन उडान गरेर नियमित उडानको तयारी गरिएको थियो । रेसुङ्गा नगरपालिकाले नियमित उडानको लागि समन्वय पनि गरेको थियो । तर महिनौ बित्दा पनि नियमित उडान नहुँदा स्थानीयले विमानस्थल चल्दैनकि भन्ने शंका गर्न थालेका छन् ।

रेसुङ्गा विमानस्थलको कुल ३५ करोड लागतमा सम्पन्न भएको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६