प्रदेश

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा एक करोड बढीको क्षति



कपिलवस्तु, ०७ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ ओटा घरगोठ जलेर नष्ट भएका छन। अगोलायगबाट अन्दाजी एक करोड बढी रुपैयाँको क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी हुँदा फुसको ९ ओटा पूर्ण घर, १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

बिहिबार करिब साढे ११ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनु भयो । आगलागीमा परि १ एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।

आगलागीको कारण अहिले खुल्न नसकेको उहाँले बताउनु भयो । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्कालका लागि आगलागी पिडितलाई राहतको लागि प्रतिघरलाई ५० किलो दरले चमाल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने बताउनु भएको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६