देश

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजीकार्य जारी



कञ्चनपुर, ०८ वैशाख । कञ्चनपुरमा घाँस काट्न गएकी एक जना महिलालाई बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ पचुँइकी गंगादेवी चन्द बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको हो । उहाँसँगै रहेका अरू महिलाहरू भने भागेका छन् । बेपत्ता चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६