प्रदेश

कपिलवस्तुको बाणगंगा र बुद्धभूमीमा छड्के अनुगमन, एक उद्योगलाई जरिवाना




कपिलवस्तु, ०८ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका र बुद्यभूमी नगरपालिकामा बाजर अनुगमन गरिएको छ । अर्थतन्त्र मन्दी भएको अवस्थामा कालोबाजारी तथा खाद्य गुणस्तरमा लापरवाही हुन सक्ने भन्दौ छड्के अनुगमन गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहिको टोली सहित घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य गुण नियन्त्रण कार्यालय कपिलवस्तुको संयुक्त टोलिले दुई पालिकाका विभिन्न स्थानका बजारमा अनुगमन गरेको हो ।


बाणगंगाको बोडगाँउ, दरखास्त, बनगाई र बुद्धभूमिको गोरुसिंगे, ईमिलियाका बजारहरुमा छड्के अनुगमनका क्रममा पसल व्यवसायहरु दर्ता भएको पाइए पनि गुणस्तरियतामा व्यापक लापरवाही भएको देखिएको छ । यता बाणगंगाको एक उद्योग संचालकलाई अनुगमन टोलीले कार्वाही समेत गरेको छ । कारबाहि पर्ने उद्योगलाई १० हजार रुपैयाँ जरिवानाको दाखिला गर्न भनिएको छ ।


देशको अर्थतन्त्रको अवस्था नाजुक हुँदै गएको अवस्थामा व्यवसायीहरुले सेवाग्रहीसँग चर्को मूल्यमा सामान विक्रि गर्न सक्ने र यसै समय सामानको कालोबजारी समेत हुने देखिएपछि विहिवार बजार अनुगमनलाई तिव्रता दिईएको हो ।


अनुगमनमा खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भए नभएको विषयमा अनुगमन गरिएको हो ।


बढ्दो शहरीकरण संगै बजारहरुको नियमन गर्न सरकारी निकायले अनुगमन बढाएको हो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजारका पसलहरु कानुन वमोजिम संचालन भए नभएको बारे जानकारी लिन सरकारी तवरबाट संयुक्त अनुगमन गरिएको बतार्ईको छ ।


अनुगमन टोलीले ७ वटा उद्योग तथा पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलहरुमा मूल्यसूची नभेटिएको, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नविकरण नभएको, अनुमती नभएका वस्तुहरुको विक्री वितरण भइरहेको र सरसफाई नभएको पाइएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६