खोज–अनुसन्धान

बिपन्न परिवारलाई पालिकावाट नि:शुल्क सोलार




दाङ ८ वैशाख । दाङको राप्ती गाउँपालिकाले वडा नम्बर ९ का विपन्न १३ घरपरिवारलाई निशुल्क सोलारबत्ती वितरण गरेको छ ।विद्युत नपुगेको लामखोला गाउँका १३ घरपरिवारलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो सोलार बत्ती वितरण गरेका हुन् । सोलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले सो सोलार बत्ती वितरण गरेको बताए ।अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाको कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तार गर्नका लागि आफुले पहल गरिरहेको बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा सो कार्यको शुरुआत हुने बताए ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले पालिकाले निशुल्क रुपमा प्रदान गरेको सोलारबत्तीलाई सहि तरिकाले प्रयोग आग्रह गरिन् । पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका सोलार वितरण गरिएको हो। उक्त गाउँमा विद्युत विस्तार नहुदा वर्षै देखि स्थानीयहरु घन्टौ पैदल यात्रा गरेर मोबाईल चार्ज तथा अन्य विद्युतीय कामको लागि देवीकोट आउनुपर्ने बाध्यता रहेको छ ।
सोलार वितरण भए सँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले बताए ।गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, कार्यपालिका सदस्य रणबहादुर पुजाली, समाजसेवी चित्रबहादुर थापा मगर, सुरेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६