खोज–अनुसन्धान

रेसुङगा विमानास्थलवाट नियमित उडान हुन किन सक्दैन ?




गुल्मी ९ बैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलबाट गत पुस महिनामा धुमधामसँग परीक्षण उडान गरिएपनि नियमित उडान अझै सुरु हुन सकेको छैन । परीक्षण उडानको १५ दिनमै नियमित उडान गर्ने भनिए पनि झण्डै ४ महिना बितिसक्दा समेत नियमित उडानको टुङ्गो नलागेको हो ।यो विमानस्थलमा सुरुमा तारा एयरले उडान गर्न खोजेको थियो । तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले समेत आफ्नो योजना पछाडि धकेलेको हो । त्यसपछि नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तर, यहाँ तत्काल उडानको अनुमति नपाएपछि उडान प्रभावित बनेको हो ।जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडानको मिति पटक(पटक टर्ने गरेको छ । विमानस्थलको सम्पूर्ण निर्माण कार्य गरेर परीक्षण उडान पनि गरियो । तर अहिले नियमित उडान हुन सकेको छैन । २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो ।
पुनः २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल परीक्षण उडान गरेपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगायो । परीक्षण उडानको दुई साता पछि नियमित उडान हुन्छ भने पनि महिनौं बित्दा पनि नियमित उडान हुने सुरसार नभएको स्थानीय बताउँछन् ।रेसुङ्गा नगरपालिकाको पहलमा प्रर्दशन उडान गरेर नियमित उडानको तयारी गरिएको थियो । रेसुङ्गा नगरपालिकाले नियमित उडानको लागि समन्वय पनि गरेको थियो । तर महिनौ बित्दा पनि नियमित उडान नहुँदा स्थानीयले विमानस्थल चल्दैनकि भन्ने शंका गर्न थालेका छन् ।रेसुङ्गा विमानस्थलको कुल ३५ करोड लागतमा सम्पन्न भएको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । लामो समयसम्म उडान नहुँदा यो विमानस्थल संचालन हुनेमा शंका समेत उत्पन्न भएको छ ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६