ब्रेकिंग न्युज

चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा



चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइएको छ
तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिनसवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जरी विज्ञप्तिमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षका लागि यो व्यवस्था गरिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ । यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६