देश

बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी छः एमाले महासचिव पोखरेल



काठमाडौं, ०९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पोखरेलले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको बताए । धेरै राजनीतिक दलहरु हुँदा नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी गर्नुपर्ने भन्दै उनले वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै हुने बताए ।

सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको बताउँदै उनले भने, ‘आज नेपालमा जति पनि राजनीतिक दलहरु छन्, त्यसको कारण नै के हो भने जनमत विभाजित हुनु । प्रधानमन्त्री, मन्त्रीहरु फेरिरहनु, कसैले दिगोगरी काम गर्ने वातावरण प्राप्त गर्न नसक्नु, यही कारणले गर्दा मुलुक बन्न सकेको छैन ।’

बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ छ । नेकपा एमाले यही मान्यताका आधारमा नेपाल र नेपालीलाई बलियो बनाउन क्रियाशील रहेको बताउँदै उनले भने, ‘बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै हामीले राजनीतिक स्थायित्व हासिल गर्न सक्दछौँ । विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्दछौँ ।’

नेपालका राजनीतिक दलहरु राज्यका विद्रोही होइनन् राज्यका निर्माता हुन् भन्ने मान्यताका आधारमा अगाडि बढ्नु जरुरी रहेको महासचिव पोखरेलले बताए ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६