देश

बारामा उपचुनाव बिथोल्न खोज्ने पाँच जना पक्राउ



काठमाण्डौ, १० वैशाख । बारामा भइरहेको उपचुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका २ र रौतहटका ३ जना गरी ५ जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभयो ।

प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो । यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि छोडिने सापकोटाले जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारामा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केही मतदान केन्द्र जसपाका कार्यकर्ताले कब्जामा लिएको आरोप लगाए पनि त्यो सत्य नभएको उहाँले बताउनु भएको छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६