ब्रेकिंग न्युज

पाइप गोदाममा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट



परासी — पश्चिम नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट भएको छ । सुनवल नगरपालिका-४ घैयाबारीमा रहेको सुनवल खानेपानी तथा उपभोक्ता संस्थाको फिल्टर र प्लास्टिकको पाइप राखिएको स्थानमा अचानक आगलागी हुँदा २० लाख बराबरको उपकरण र पाइप नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।आयोजना विस्तारका लागि राखिएको प्लास्टिकको पाइपमा आगलागी हुँदा क्षति बढी भएको हो ।आगलागी भएको करिब १ घण्टामा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको थियो । जंगलको बीचमा रहेको ट्यांकी र पाइप राखिएको स्थानमा जंगलमा लागेको डढेलोको कारण आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६