प्रदेश

पाल्पा बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर



पाल्पा, १० वैशाख । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला छिन्। उनको सनाखत भइ नसकेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार ३५ जना घाइतेको उद्वार गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताए।

बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको हो। बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए। बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६