अर्थ-वाणिज्य

बाईस हजार पूर्वशिक्षकले पाएनन् पेन्सन



काठमाडौं, १० वैशाख । बजेट अपुगको कारण करिब २२ हजार पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् । उनी भन्छन् ‘बजेट बनाउने बेला तलब पेन्सन बढ्छ भन्ने अनुमान थिएन । बीचमा आएर बढ्यो, त्यसले गर्दा नपुगेको हो ।’

उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।

उनका अनुसार कार्यालयले अर्थ मन्त्रालयमा पाँच अर्ब माग गरेको छ, तर आइसकेको छैन । ‘अर्थबाट बजेट दिने निर्णय भइसकेको छ । अब शिक्षा मन्त्रालय र त्यहाँबाट हामीलाई आउने हो’, उनले भने, ‘अब चाँडै समस्या समाधान हुन्छ ।’

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६