ब्रेकिंग न्युज

बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खस्यो



बारा, बैशाख १० । बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ । आज भएको उपचुनावअन्तर्गत मतदानमा बारामा ६० प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले बताउनु भयो । उहाँले उपचुनावको मतगणना आजैबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा राति ९ बजेबाट सुरु गरिने जानकारी दिनुभयो ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६