ब्रेकिंग न्युज

नव नियक्त अध्यक्षका अल्पकालिन र मध्यकालीन योजना सार्वजनिक




कपिलवस्तु १० बैशाख । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नवनियुक्त अजयमान श्रेष्ठले अस्पतालको विकास र सुधारको लागि अल्पकालिन र मध्यकालिन योजना बनाएर अघि बढ्ने बताउनु भएको छ । तत्काल सय दिनको योजना बनाएर अस्पतालमा सुधारको काम थालनी हुने उहाँले बताउनु भयो । आईतबार लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा पदभार ग्रहण गर्दैै श्रेष्ठले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजनाबनाएर कामगर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने बताउनु भयो । अस्पतालको रात्रिकालिन सेवामा बेथिती रहेको दाबी गर्दै मुस्कान सहितको सेवा प्रदान गर्नको लागि शुझाब दिनुभयो ।

अस्पतालको सुधार नभए अब जनता चुप लागेर नबस्ने बताउँदै उहाँले आ–आफ्नो जिम्मेवारी मुस्कान सहितको सेवा दिनको लागि आग्रह गर्नुभयो १२ सय बेडमा अस्पताललाई स्तरउन्नती गर्नको लागि टेण्डर प्रक्रियामा देखिएको समस्याको सामाधानको लागि पहल गर्ने नवनियुक्त श्रेष्ठले बताउनु भयो । अस्पतालमा कार्यरत डाक्टर,नर्स तथा कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी भएर काम गर्नको लागि जोड दिनुभयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवीअर्यालले अस्पताल प्रशासन र कर्मचारीबीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझावदिंदै स्वास्थ्यकर्मीहरुले विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गर्नुभयो । प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको उहाँले बताउनु भयो अस्पतालका पुर्व अध्यक्षबाबुराम भट्टराईले१ २ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथिगर्न खोजिएकाले ठेक्काविवादित र अलपत्र परेको भन्दै अब कानुनीप्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाँब दिनुभयो ।

उहाँले अप्रेशनको पालो ६ महिनाकुर्नुपर्ने वाध्यताअन्त्यगर्न, वनकार्यालयको जग्गा अस्पतालको स्वामितत्व र संरक्षणमा लिन सुझाव दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. सुदर्शन थापाले लामो समय सम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभाव कविहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दा माथि उठेर काम गर्ने सक्षम नेतृत्व पाएको बताउनु भयो । सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, डाक्टर श्रीधर आचार्य,नर्सिङ प्रमुख ज्योतिपौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिटै परिवर्तनको अनुभूतिहुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६