काठमाडौं,१० वैशाख ।सोमबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नपछि देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
१० बैशाख २०८०, आइतबार








प्रतिक्रिया