देश

उपनिर्वाचन चितवन २ः आठ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने



काठमाण्डौ, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको समय तय हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । यसअघि गएराति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भए पनि बैठक बस्न सकेको थिएन ।

नेपाली कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुङ्गो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ ।

कांग्रेसले आचारसंहिता उल्लङ्घनमा लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न उजुरी दिएको छ । चितवनको मतगणना चितवन उद्योग सङ्घको सभाहलमा हुँदैछ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६