देश

तिलौराकोट राजदरबार परिसर नेपाली सेनाद्धारा सरसफाइ



कपिलवस्तु, ११ वैशाख। बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।

शमशेर दल गण गोरुसिङ्गेका गणपति दिलीप घलेले बुद्ध जयन्ती नजिकिँदै गर्दा तिलौराकोट क्षेत्रमा झाडीले घेरिए पछि सरसफाइ सुरु गरिएको बताउनुभयो । सरसफाइका लागि आइतबारदेखि सह सेनानी अमृत गुरुङको नेतृत्वका ६० जनाको टोली खटिएको छ ।

लुम्बिनी विकास कोषसँग समन्वयमा पुरातात्त्विक सम्पदालाई जोगाउँदै सरसफाइ गरिने छ । गुरुङले साना–साना बुट्यान, झाडी र प्लास्टिक जन्य फोहोर हटाइने बताउनुभयो । सरसफाइ अभियान पाँच दिनसम्म सञ्चालन हुने छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६