प्रदेश

लोकतान्त्रिक आन्दोलनको स्मरण गर्दै रक्तदान, ६० पोइन्ट रगत संकलन




कपिलवस्तु, ११ वैशाख ।
उद्योग ब्यापार संघ कपिलवस्तुल बृहत रक्तदान कार्यक्रम गरेको छ । संघले लोकतन्त्र दिवसको अबसर पारेर रक्तदान कार्यक्रम गरेको हो । कार्याक्रममा ६० पोइन्ट रगत संकलन गरिएको संघले जनाएको छ ।


कार्यक्रमका अवसरमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले लोकतन्त्र दिवसको अबसर पारेर उद्योग ब्यापार संघले आयोजना गरेको रत्तदान कार्यक्रम सन्र्दभिक भएको बताए । मेयर अर्यालले आगामी दिनमा समेत सामाजिक कार्यहरु निरन्तरता दिन आग्रह गरे । उनले भने ‘बाडगङ्गामा पनि रक्त संचार केन्द्र स्थापना गरि नगरबासिलाइ रगतको अभाब हुन नदिन नगरपालिका लागिपरेको छ ।’


यस्तै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सचिबालय सदस्य टोपनारायण बेल्बासेले आन्दोलन तथा संघर्ष बाट ब्याबस्था परिबर्तन भयेपनी अबस्थामा परिबर्तन हुन नसकेको बताए । उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजनाा गरेको बृहत रक्तदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दौ उनले यस्तो बताएका हुन् । वेल्वासेले आज देशको अबस्था देख्दा लोकतन्त्रको उपाहास भयेको त होइन भन्ने आशंका आम जनतामा देखिएको बताए ।


उता नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदान गर्नका लागि जनतामा अझैपनी जनचेतना को कमि रहेको बताए । उनले यस्ता भ्रम हरु चिर्न स्थानिय सरकार तथा संघ सस्थाहरुले सचेतनामुलक कार्यक्रम हरु संचालन गर्नु पर्नेमा उनले जोड दिए । स्थापनाको छोटो समयमै यस्ता सामाजिक कार्यहरूमा सरिक उद्योग ब्यापार संघ कपिलवस्तुको प्रसंशा गर्दै आगामि दिनमा पनि अनुकरणीय कार्यका लागि शुभकामना दिए ।


यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले लोकतन्त्रमा बलिदानी गर्नेहरुको योगदान लाई स्मरण गराउन लोकतन्त्र दिवस कै अबसर पारेर यो रक्तदान कार्यक्रम आयोजना गरियको बताउनु भयो । अध्यक्ष पौडेलले मानव शरीरमा खेर जाने रगतले अरुकसैको जीवन रक्षा पनि हुने, शरीर स्वस्थ्य पनि रहने र आत्मसन्तुष्टि पनि प्राप्त हुने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।


बाडगंङ्गाको ठाकुरापुरमा रहेको पिस हिमालय रिसोर्टमा सोमवार रक्तदान कार्यक्रम गरिएको हो । उद्योग ब्यापार संघ कपिलवस्तुको आयोजना, नियमित रक्तदाता संघ कपिलवस्तको सहआयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्रविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।


उद्योग ब्यापार संघ कपिलवस्तुका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य हुमनाथ पौडेल, बाणगंगा वडा न. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर, फ्रीडम फाउन्डेसन कपिलवस्तुका संचालक हेमन्त थापाको आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष यम बहादुर केसिको स्वागत तथा संघका महासचिव बासुदेव खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६