खोज–अनुसन्धान

लुम्विनीमा ठूलोदलका हैसियतले सरकार गठनको दावि पेश : काम चलाउ सरकारका रुपमा काम गर्न निर्देशन




कपिलवस्तु ११ बैशाख । लुम्विनी प्रदेश सभाको सबै भन्दा ठूलो दल नेकपा एमालेले ठूलो दलका हिसावले सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष दावि पेश गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएसंगै फेरी सरकार गठन गर्न मागदावि पेश गर्नु भएको हो । प्रदेश प्रमुख अमिक शेरचन समक्ष बुटवल कार्यलयम पुगेर गिरीले दावि पेश गर्नु भएको हो । दावि उपर प्रदेश प्रमुखले के कस्तो कदम चाल्नु हुने हो त्यो एकदुई दिनमै टुंगो लाग्नेछ । तर प्रदेशप्रमुखले लिला गिरी नेतृत्वको सरकारलाई काम चलाउ सरकारको रुपमा अघि बढ्न लिखित निर्देशन दिनु भएको छ । यता । प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो ।नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको हो । गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्रै खस्यो । ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक थियो ।
मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन् । सत्तामा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी, नेपाली कांग्रेससहितका ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी पेश गरेको हो ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६