अन्तर्राष्ट्रिय

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड



काठमाडौं, ११ वैशाख । फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहिबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० मा उडेपछि फ्लाई दुबई एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो। त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको थिएन। तर एउटा इन्जिनबाटै दुबई पुग्न सकिने भनेपछि नेपालबाट उडेको हो।त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन्।

यता एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन‍्। अहिले यी सबै जहाजहरू ल्यान्ड गर्नेक्रममा छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पनि सामाजिक सञ्जालमार्फत फ्लाई दुबई सुरक्षित साथ गन्तव्यमा प्रस्‍थान भएको जानकारी दिएका छन्।‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६