कपिलवस्तु १२ बैशाख ।कपिलवस्तुको मायादेबी गाउपालिकाको सुबिधा संपन्न प्रशासकीय भवन निर्माण गरिएको छ । गाउँपालकिाको वडा नम्बर १, पकडी स्थित आफ्नै जग्गामा गाउँपालकिाको साढे ३ करोडमा भवन निर्माण भएको हो । आफनै भवन नहुद गाउपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडात तिर्दै आएको छ । भवन निर्माण संपन्न भई सकेको र आउने बैशाख २० गते बिधिवतरुपमा उदघाटन गरी सर्ने योजना रहेको गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बताए । १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको हो ।
सेवा प्रवाहलाई प्रभावकारी र छटिोछरितो होस् भन्ने उदेश्य सहति सुवधिा सम्पन्न आफ्नै भवन बनाइएको उनले बताए । निर्बतमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीको पाला मै निर्माण सुरु भए पनि अहिले आएर मात्र भवन निर्माण संपन्न भएका हो । अव एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने बताइएको छ । साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल नर्मिाण सेवा, कपिलवस्तुले पाएको थियो ।
भपन निर्माणको काम सम्पन्न भएको गाउँपालकिाका निमित्त प्रमुख प्रशासकीय अधकिृत प्रमेश्वर यादवले बताए । उनले अब प्रशासनिक काम संचालन गर्न सहज हुने बताए । ’ ३ ठाउमा कर्मचारी हुदा समस्या हुथ्यो अब भने सहज हुने भएको छ । ’ उनले भने । जिल्लाको १० पालिका मध्ये सुद्धोदन गाउपालिका र शिवराज नगरपालिकाको आफनै प्रशासनीक भवन नहुदा भाडामा छ ।
प्रतिक्रिया