प्रदेश

सर्पले टोकेर दाङमा एक जनाको ज्यान गयो



दाङ, १२ वैशाख । सर्पले टोकेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं–१६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।

सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । झारफुकमा लगेपछि बिहान ३ बजेतिर बेहोस भएका उहाँलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६