देश

गाईभैँसी भन्दा हवाइजहाजको गोठालो गर्न धेरै कठिन रहेछः मन्त्री सुदन किराती



काठमाडौं, १२ वैशाख । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरातीले गाईभैँसी भन्दा हवाइजहाजको गोठालो गर्न धेरै कठिन रहेको बताएका छन्।

सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानमस्थलबाट उडेको दुवई एरको एफजेड ५७६ नम्बरको विमानमा आगो लागेको घटनालाई लिएर विभिन्न अफवाह फैलिएको उनले बताए। जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्न चाहेको मन्त्री किरातीले फेसबुकमार्फत जनाएका छन्।

उनले लेखेका छन्, ‘गाउँमा गाईभैँसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाइजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ।र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु। कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं।’

उनले आफ्नी आमाले भनेको कुरा उल्लेख गर्दै भनेका छन्, ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ।’

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६