देश

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त, सभामुखले गराए सदनलाई जानकारी



काठमाडौँ, १२ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको जानकारी गराए ।

सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराएका छन् । सोही ऐनको दफा ३६ बमोजिम प्रतिनिधि सभाको उक्त स्थान रिक्त रहेको जानकारी गराएका छन् ।

सभामुखले सदनमा ढाकाकुमार श्रेष्ठको स्थान रिक्त भएको जानकारी गराएसँगै अव अर्को समानुपातिक उम्मेदवार निर्वाचित गर्न रास्वपालाई बाटो खुलेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई गत चैत ३० गते पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६