खोज–अनुसन्धान

महिला सक्षम हुँदा नगरको गरिमा उचोहुन्छ : उपमेयर चौधरी




कपिलवस्तु १२ वैशाख। एकल महिलाहरुको समस्या पहिचान गरेर नगरले कार्यक्रम राख्ने गरेको वाणगंगा नगरपालिकका उपमेयर रिता कुमारी चौधरीले बताउनु भएको छ । मंगलवार वडा नं ११ को एकल महिल वडा स्तरिय भेला तथा समुह गठन तथा अभिमुखीकरण कार्यक्रमलाई समुद्घाटन गर्दै उपमेयर चौधरीले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु भयो , एकल महिलाहरुको लागि के आवश्यकता छ , सोहि अनुसारको योजना लिएर आउनुहोस । एकल महिलाहरु सक्षम हुदा नगरको गरिमा उचो हुन्छ , चौधरीले भन्नु भयो । उपमेयर चौधरीले उत्साहका साथ नेतृत्व स्थापित गर्न र अगाडि वढ्न सबै एकल महिलाहरुलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा वडा अध्यक्ष नगेन्द्र चौधरीले एकल महिलाहरुलाई प्राथमिकताका साथ विभिन्न अवसरहरु प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष एवं राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले एकल महिलाहरुलाई सक्षम बनाउनु सरकारको दायित्व भएको औल्याउनु भयो । सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष इन्दीरा भट्राईले एकल महिलाको अधिकार र समुह गठनका बारेमा बताउनु भएको थियो ।


एकल महिला समुहका अध्यक्ष रुपा राईले एकल महिलाहरुका थुप्रै समस्या रहेको जनाउदै ति समस्या र चुनौतीलाई सामना गर्दै महिलाहरु अगाडि बढेको बताउनु भयो। हक अधिकारका लागि सबै एकल महिलाहरु संगठित हुनु पर्नेमा समेत उहाँले जोड दिनु भयो । उपाध्यक्ष टिका कुमारी अधिकारीको स्वागत एवं सचिव शोभा आचार्यको सञ्चालनमा भएको कार्यक्रममा वडाका ३० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६