खोज–अनुसन्धान

छोटो समयमा धेरै बाचा पुरा गर्न सक्षम बने स्वास्थ्य मन्त्री पन्थी



पार्वती पाण्डे
कपिलवस्तु १२ बैशाख। लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले छोटो समयमै बाचा पुरा गर्दै जानु भएको छ । गत माघ १९ गते लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको पदभार गरे लगत्तै मन्त्री पन्थीले कपिलवस्तु अस्पताल तौलिहवाको स्तरउन्नती गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्नु भएको हो ।यस अघि चन्दौटामा सरुवा रोगको प्रादेशीक अस्पतालको सिलन्यास भएको छ । ठेक्का प्रकृयावाट काम समेत शुरु भएको छ । मन्त्री पन्थीले प्रादेशीक अस्पताल बुटवल , जिल्ला अस्पताल प्यूठान सहितका अस्पतालमा संचालक समितीमा अध्यक्ष सहितको सक्षम नेतृत्व नियुक्त गर्नु भएको छ । १०० दिनको जिम्मेवारी पुरा गर्दै मन्त्री पन्थीले प्रदेशका विभिन्न अस्पतालमा रिक्त ७ सय बढी स्वास्थ्यकमी तथा चिकित्सको आपूर्तीको निर्णयसंगै कार्यान्वयन समेत गराउनु भएको छ । कोभिडका वेला ठूलो समस्यामो रुपमा खड्कीएको जनशक्ति अभाव पूर्ति भएको छ । यो ठूलो सफलता हो । दर्जनौ अस्पताललाई आइसियू वेड मोवाइल ,भिडियो एक्सरे मेसिन उपलब्ध गराउनु भएको छ।
यता ९६ अंककासाथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय हालै गरिएको छ । गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो । कपिलवस्तु अस्पताललाई सय बेड बनाउने निर्णय गरिएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री पन्थीले बताउनु भयो । सबैको अथक प्रयासले अब कपिलवस्तु अस्पतालमा सेवा बिस्तार गर्न बाटो खुलेको उहाँले बताउनु भयो ।‘ कपिलवस्तुबासीकै लागी खुशीको कुरा छ ’ मन्त्री पन्थीले भन्नुभयो । २०२९ सालमा १५ बेडको अस्पतालको श्भारम्भ गएिको थियो। २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो । कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले अथक प्रयासले बल्ल सार्थकता पाएको बताउनु भयो ।

सय बेडको निर्णय गर्नु अघि प्रदेश सरकारले अस्पतालको २ पटक स्थलत निरीक्षण र अनुमगन गरी प्रतिबेदन बुझाएको थियो । ५० बेडको भए पनि ७० भन्दा बढी बेडमा सेवा दिईदै आएको बन्जाडेले बताउनु भयो । स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३८ जनाले काम गरेको अस्पतालमा अब दुई सय बढीले काम गर्नेछन । ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्षा संचालित छन । सिटीस्क्यान र डार्ईग्नोस्टिक सेवा समेत बिस्तार गर्ने अस्पतालको योजना छ । डार्ईग्नोस्टिक सेवा केही दिन मै सुरु हुने बन्जाडेले बताउनु भयो । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पताल सय बेडको हुने निर्णयले आफुलाई निकै खुशी लागेको बताउनु भयो ।

‘ जिल्लाबासी कै लागि यो खुशीको कुरा हो ’ उनले भने । उनले अस्पतालको विकासमा आफनो सदा साथ प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलार्इृ प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगर पालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताउनु भयो । अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोशिस गर्ने बताउनु भयो ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६