खोज–अनुसन्धान

लुम्विनीमा संयुक्त सरकार गठनकालागि ३ दिनको म्याद




कपिलवस्तु १३ बैसाख । नेकपा एमालेको अपेक्षा बिपरीत लुम्बिनी प्रदेशका प्रमुख अमिक सेरचनले ३ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।यो संगै प्रदेशसभामा सबैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने चाहाना राखेर पुनः सरकारका लागि दावी पेश गरेको नेकपा एमालेलाई धक्का लागेको छ। अब कांग्रेस नेतृत्वमा संबिधानको १६८ को २ बमोजिमको सरकार बन्ने लगभग पक्का भएको छ।नेकपा एमालेले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लिला गिरीको नेतृत्वको सरकारलाई निरन्तरता दिने प्रयास स्वरुप सोमबार दावी पेश गरेको थियो।प्रदेश प्रमुख अमिक सेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि ३ दिनको समय तोकेर सरकार बनाउन आब्हान गरेपछि एमालेको सरकारमा निरन्तरता अन्त्य भएको हो।संबिधानको कुन धारा प्रयोग गरेर सरकार गठनका लागि आब्हान गर्ने भन्ने निर्णय दिनका लागि गण्डकी प्रदेशको नजिर पर्खेर बसेका सेरचनले सोमवार नेपाल सरकारका महान्यायाधिवक्ताको समेत राय मागेका थिए।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६