देश

राष्ट्रिय सभा बैठक स्थगित, अर्थमन्त्री नआएपछि विरोध



काठमाडौं, १३ वैशाख । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए । यसपछि अध्यक्ष तिमिल्सिनाले आजै बस्ने गरी १४ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६