देश

झापामा ओलीमाथि आक्रमण प्रयास



काठमाण्डौ, १३ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढा गरेका बताउनुभयो । उहाँले त्यो घटना हुनु दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनुभयो । उहाँले प्रहरीले ढुङ्गामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराउनुभयो । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

यस्तै गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो । उहाँले केही दिनभित्रैमा प्रहरीले सत्यरतथ्य पत्ता लगाउने र दोषीलाई कानुनको कठघरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मिटरब्याजी पीडितलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउने गरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनअघि मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी पनि माग्नुभयो । गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूका बीचमा सहमति खोज्ने कोसिस भइरहेको बताउनुभयो ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६