प्रदेश

सभामुख तुलाराम घर्तीको निर्वाचन खर्च १३ लाख ८२ हजार



बुटवल, १३ वैशाख । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन् ।
प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २ ९२० बाट प्रदेश सभामा निर्वाचित घर्ती मगरले १३ लाख ८२ हजार रुपैया निर्वाचनमा खर्च भएको भन्दै खर्च सार्वजनिक गरेका हुन ।

उनले सबैभन्दा बढी प्रचार प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको बताएका छन् । त्यसै गरि इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई बिज्ञापन १ लाख, ब्यानर पानी औषधिसमेत १ लाख, चिया नास्ता ५० हजार ,ढुवानी १ लाख,मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाएका छन् ।

खर्चको विवरण प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को उप दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि नै पेश गर्नु गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित घर्ती हाल प्रदेश सभाको सभामुख छन् । उनी ०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६