प्रदेश

रिडी-तम्घास सडकखण्ड बैशाख १५ देखि दैनिक ११ घण्टा बन्द हुने



गुल्मी, १३ वैशाख । गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो।

बैशाख १५ गतेदेखि ३१ गतेसम्म हरेक दिन बिहान १० देखि १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी आवगमन बन्द हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

पानीटंकी ठुलोढुंगा क्षेत्रमा पहरो फोरी सडक चौडा गर्ने काम भइरहेकाले सवारीसाधन नरोकि निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकोले मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास गुल्मीको पत्रानुसार सवारी आवागमन बन्द गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६