खोज–अनुसन्धान

लुम्बिनीका ८१ पालिका आगजनीको उच्च जोखीमममा




कपिलवस्तु १४ बैशाख ।लुम्विनीका १०९ पालिका मध्ये ८१ पालिका आगजनीको उच्च जोखीमममा रहेका छन् । ती पालिकाले अहिले सम्म दमकल नराखेकाले जोखिममा परेका हुन् । ती पालिकामा भने डोजर फालाफाल रुपमा रहेका छन् ।विपत्तका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ । खासगरी गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ । स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ ।निर्वाचित भएलगत्तै आफ्नो सुविधाका लागि तुरुन्त सवारी खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरू विपद् व्यवस्थापनमा उपयोगी दमकल किन्ने योजनामा छैनन्। तर, कानुनले खरिद गर्न सक्ने सुविधा दिँदा पनि स्थानीय तहका जनप्रतिनिधिले दमकल किन्न चासो दिएका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख छ।एउटै कानुनले जनप्रतिनिधिको सवारी सुविधामा र जनताको जिउधनको सुरक्षा गर्न दमकल खरिद गर्ने अधिकार दिएको छ । तर, लुम्बिनीका अधिकांश स्थानीय तहले आफ्नो सुविधाप्रति बढी चासो र जनताको सुरक्षामा भने बेवास्ता गरेको गुनासो स्थानियको रहेको छ

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६