ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएकाे छ । दुईजना घाइते भएका छन् ।गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएकाे हाे ।
चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते हुनुभएकाे छ ।
घाइते दुवै जनाकाे ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयाे ।
१४ बैशाख २०८०, बिहिबार
प्रतिक्रिया