देश

सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको छः मन्त्री शर्मा



दाङ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धि माथि कुनै न कुनै तवर तरिकाले प्रहार हुँदै आइरहेको बताएकी हुन् ।

मुलुकले प्राप्त गरेको उपलब्धि र व्यवस्था माथि कुनै कमी कमजोरी नभए पनि व्यक्तिगतमाथि प्रहार गर्दै व्यवस्थालाई असफल बनाउने दाउमा विभिन्न शक्तिहरू लागि परेको उनले बताइन ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले पूर्णता पाए पनि अझै पूर्ण रूपमा पूर्णता पाउन नसकेको समेत बताएकी छिन् । सरकारले पूर्णता पाए अझै केही संरचना निर्माणको काम बाँकी रहेकाले सरकारले त्यस तर्फ अग्रसर बन्दै गइरहेको बताएकी छिन । जससँगै सरकारले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुु¥याउन विधेयक तथा कानुन निर्माणको पाटोलाई समेत तीव्रताका साथ लगेको उनको भनाइ थियो । जसका लागि सरकार सदन सञ्चालनको समेत तयारी गरिएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागि सरकारले विकासमा आधारित योजना र बजेट निर्माणको कामको समेत तीव्र तयारीका साथ लागिरहेको उनले बताइन् । जसका लागि आवश्यकतामा आधारित बजेट र योजना निर्माणको काम सरकारले गरिरहेको उनको भनाइ थियो । मन्त्री शर्माले सरकारले आगामी बजेट तथा नीति कार्यक्रममा मुलुकका गौरव आयोजनासँगै ठुला विकास निर्माण योजना आवश्यकता पहिचान गरी निर्माण गरिने बताइन् । उनले दाङको अलपत्र परेको फोर लेन सडक निर्माणका लागि सरकारले नयाँ प्रक्रियाको साथ लागेको चाँडै फोर लेन सडकले गति लिने समेत विश्वास व्यक्त गरिन् ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६